Subscribe Twitter FaceBook

Pages

पुरुषलाई फकाएर डान्सबार र गेष्ट हाउसमा पुर्‍याएर लुट्ने युवती पक्राउ

Advertisements:
तपाईलाई कुनै युवतीले फकाएर डान्सबार वा गेष्टहाउसतिर जाउँ भनिन् भने के गर्नुहुन्छ ? सतर्क रहनुहोला, काठमाडौंमा एकजना पुरुष युवतीको फकाइमा बहकिएर गेष्टहाउसमा पुग्दा नराम्रोसँग लुटिएका छन् ।काभ्रे घर भएकी २४ वर्षीया गीता भन्ने वर्षा तिम्सिनाले ठमेल पुगेका एक पुरुषलाई फकाइन् । ती पुरुष मख्ख परेर सुरुमा डान्सबार र त्यसपछि गेष्ठ हाउसमा पुगे ।
गेष्ट हाउसमा पुगेपछि गीताले ती पुरुष निदाएको मौका पारेर उनका साथमा रहेको पाँच तोला सुन र एक थान मोबाइल उम्काउन सफल भइन् ।
पुरुषलाई झुक्याएर सुन तथा मोबाइल लुटेको आरोपमा महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको टोलीले गीतालाई पक्राउ गरेको छ । उनले ठमेल पुगेका पुरुषलाई फकाएर डान्सबारमा लैजाने र त्यहाँबाट गेष्टहाउसमा पुर्‍याएर लुटपाट गर्ने गरेको डीएसपी सीताराम रिजालले जानकारी दिए ।
काठमाडौंको ठमेलमा विभिन्न प्रलोभन देखाएर लुट्ने युवतीहरु सक्रिय हुन थालेको प्रहरीको भनाइ छ । त्यस्ता युवतीहरुले विदेशबाट आएका नेपाली तथा विदेशीलाई फकाउने र गेष्ट हाउसमा लगेर लुट्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts