Subscribe Twitter FaceBook

Pages

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

Advertisements:

लगनखेलमा बसभित्रै सामूहिक बलात्कार

ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । इन्धनका लागि लाइनमा राखिएको बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो ।  
प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् । पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन् । उनीहरू बसका सहचालक हुन् । युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरूले बसभित्र बोलाएका थिए । 
सुरुमा ती युवतीले युवकसँग सहमतिमै यौनसम्बन्ध राखेकी थिइन् । तर, पछि युवकले साथीहरू समेत बोलाएर आफूमाथि जबर्जस्ती गरेको पीडित युवतीले बताएको प्रहरीको भनाइ छ । पीडित युवती विवाहित हुन् । उनको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ परेकालाई जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ ।
Advertisements:

0 comments:

Post a Comment

Recent Posts