
लगनखेलमा बसभित्रै सामूहिक बलात्कार
ललितपुरको लगनखेलमा मंगलबार बसभित्रै एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । इन्धनका लागि लाइनमा राखिएको बा१ख ३८०६ नम्बरको बसमा सामूहिक बलात्कार भएको हो ।
प्रहरीले तीन अभियुक्तलाई बलात्कार गर्दागर्दै पक्राउ गरेको जनाएको छ । एकजना फरार छन् । पक्राउ पर्नेमा सन्तोष विक, सुरेश तामाङ र कृष्ण तामाङ छन् । उनीहरू बसका सहचालक हुन् । युवतीसँग एक युवकको चिनजान भएकाले तिनै युवकको सहयोगमा उनीहरूले बसभित्र बोलाएका थिए ।

0 comments:
Post a Comment